Websoft University

सवारी दुर्घटनामा ४ घाइते


सुनसरी, मंसिर २३ गते । रातो तारा डट कम, सुनसरीको धरान उप-महानगरपालिका-१३ शिवधारामा शनिवार दिउँसो कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाइते भएका छन् । दिउँसो पौने ३ बजेको समयमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको बा २० च ४१ नम्बरको कारले धरानबाट भेडेटार तर्फ जाँदै गरेको को १२ प ४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट मोटरसाईकलमा सवार रहेका चालक धरान-११ मंलाबरे बस्ने बर्ष ३० को अनिष राई, पछाडी सवार
निजको श्रीमती बर्ष २९ को माया सुब्बा, निजको छोरा बर्ष ८ को छिङगु राई र ९ महिनाको निजकै छोरा रोयल राई घाइते भएका हुन् । 

दुर्घटनामा परि घाइते चारै जनालाई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ठक्कर दिने कार, चालक र मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.