काठमाडौ पुस ३ गते । रातो तसरा डट कम,महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफल नगर्ने भनेपछि तनाव सिर्जना भएको हो ।
बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा छलफल हुन नसक्ने बताउँदै गर्दा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले उनको माइक खोसेका थिए। माइक खोसेपछि केही महासमिति सदस्यहरुले प्रकाशशरण महतलाई धकेलेका थिए ।
बैठकमा तनाव भएको भन्दै जगदीशश्व नरसिंह केसीले भने ‘प्रकाशशरण महतले मेरो माइक खोस्नु भयो। विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएर नआएसम्म महासमिति बैठक चल्न दिँदैनौं ।
विधान मस्यौदालाई सहमति जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बस्ने भनिएको बैठक पनि अझै बस्न सकेको छैन्। सहमति जुटाउनका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा गुटगत छलफल भइरहेको छ ।
सहमति जुटाउन भन्दै नेताहरु आन्तरिक रुपमा गुटगत बैठक बसेका हुन्।
Post a Comment