धनकुटा, मंसिर २१ गते । रातो तारा डट कम,धनकुटाको शहिदभूमी गाउँपालिका-१ मा प्रहरीले अन्दाजी ३ हजार ५ सय बोट नाबो गाँजा फडानी गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीको टोलीले शहिदभूमी गाउँपालिका-१ मा पर्ने पिलुवाटार र ख रिखोला भन्ने स्थानमा उक्त परिमाणको गाँजाको बोट फडानी गरेकोहो ।
प्रहरीले उक्र स्थानको जंगलमा लुकाई छिपाई राखेको अन्दाजी ४ सय किलो सुकेको गाँजा समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Post a Comment