Websoft University

एकै मञ्चबाट ३ धार्मिक प्रवचन

(फायलफोटो)
मोहन कुमार राई-पौष ११ गते । रातो तारा डट कम, संखुवासभा-मादी नगरपालिका स्थित मादी बहुमुखी क्याम्पस मादीले धार्मिक सहिष्णुता एवं आर्थिक संकलन गर्ने उद्देश्यले एक पुराणको आयोजना गरेको छ ।

धार्मिक, साँस्कृतिक सहिष्णुता एवं जागरणका लागि बहुधार्मिक साँस्कृतिक ज्ञान महायज्ञ तथा महोत्सव मूल नाराका साथ मादी बहुमुखी क्याम्पस मादीको आर्थिक सुदृढीकरणका लागि मादी नगरपालिकाको प्रायोजनमा क्याम्पसले आगामी माघ २५ गते देखि फाल्गुण ४ गते सम्म धार्मिक एवं साँस्कृतिक ज्ञानमहायज्ञ गर्ने आयोजना गरिएको सोमबार एक पत्रकार सम्मेलन गरी खुलसा गरको हो  ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पर्शुराम दाहालको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलन कार्यक्रममा देशकै नौलो तथा नयाँ किसिमको कार्यक्रम गर्न लागेको क्याम्पस प्रमुख मान बहादुर कार्कीले वताउनुभयो ।

वि.स. २०४४ सालमा स्थापित हाल स्नातक तह विएड र व्यवस्थापन संकायमा पढाइ भइरहेको यो क्याम्पसले आर्थिक सुदृढिकरण गरी शैक्षिक केन्द्रको रुपमा विकास गर्न  तन, मन धन र बचनबाट साथ र सहयोगको अपेक्षाका साथ कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख विदुर सुब्बाले वताउनुभयो ।

ज्ञान महायज्ञमा पं.दिनबन्दधु पोख्रेल, बौध धर्मगुरु डा. सिर लामा गुरुङ, किराँत धर्मका झुमा वनेम लिम्बु बाट एउटै मञ्चबाट प्रवचन ग्रहण गर्न सकिने यो बहुधार्मिक, बहुसाँस्कृतिक ज्ञान महायज्ञ तथा महोत्सव जस्तो नितान्त नौलो र महत्वपूण कार्यक्रम सञ्चालन गर्न लागिएको पुराण प्रचार प्रसार संयोजक कुलमणि दाहालले जानकारी दिनु
भयो ।
पुराणबाट संकलन भएको रकमबाट एक अक्षय कोषको स्थापना गरी त्यसबाट आएको व्याजबाट मात्र खर्च गर्ने वताउनुहुँदै दाता महानुभावहरुलाई दिइने सम्मान स्तर समेत पुराण आर्थिक समितिका संयोजक राम बहादुर खड्काले  वताउनुभयो ।

कार्यक्रममा बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, बौध धर्मवलम्बीहरु जिल्लाका विभिन्न मिडियाका सञ्चारकर्मीहरु लगायतको उपस्थिति हेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.