Websoft University

डागिमा तेश्रो फडिन्द्र स्मृति नाकआउट फुटबल प्रतियोगिता हुने


शिव भट्टराई - मोरङ मंसिर १८ गते । रातो तारा डट कम,
केराबारी, मोरङको केराबारी स्थित डागिमा तेश्रो फडिन्द्र स्मृति जिल्ला स्तरीय नाकआउट फुटबल प्रतियोगिता हुने भएँको छ ।

अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटीको आयोजनामा हुने उक्त फुटबल प्रतियोगिता भने पौष ०१ गते देखी शुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोे छ ।

प्रतियोगितामा मोरङ जिल्ला भरीका विभिन्न स्थानिय तहका १४ वटा माध्यमिक तहका विधालयहरुले भाग लिने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटीका अध्यक्ष अनुप खतिवडाले फुटबल खेल उद्घाटन तथा समापन अघि भव्य सास्कृतिक कार्यक्रमहरु समेत गरीने बताएको छ ।

खतिवडाले पत्रकार सम्मेलनमा खेल समापन हुदा सम्म करीब ५,००,००० (पाच लाख ) सम्मको अनुमानित खर्च हुने सार्वजनिक गरेका छन ।

उनले प्रतियोगितामा प्रथम हुने विधालयले नगद रु. ४०,०००
( चालिस हजार ) द्रीतिय हुने विधालयले नगद रु. २०,०००
( बीस हजार ) सहित ट्रफी , मेडल , तथा प्रमाणपत्र प्रदान गरीने बताएका छन ।

फडिन्द्र तिम्सिनाको सम्झनामा विगत तिन वर्ष देखी अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटी फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.