Websoft University

कर्मचारीको नक्कली हस्ताक्षर गरि किर्ते गर्ने उपर कार्यवाही भएन


श्याम राई-उदयपुर-गाईघाट,मंशिर २७ गते ।
रातो तारा डट कम,वडा अध्यक्ष र वडा सहायक कर्मचारीको नक्कली हस्ताक्षरगरि किर्ते सिफारीस पत्र बनाउने विरुद्ध उजुरी गरेको लामो समय वितिसक्दा पनि प्रहरीले अझै उनीहरु विरुद्ध कार्यवाही गरेको छैन ।

त्रियुगा नगरपालिकाको वडा न. १२ का वडा अध्यक्ष जय विक्रम राई र वडा कार्यालय कर्मचारीको नक्कली हस्ताक्षर र छाप प्रयोगगरि वडा कार्यालयका कर्मचारीको नक्कली हस्ताक्षर र छाप प्रयोगगरि वडा कार्यालयकै लेटर प्याड बनाएर किर्ते सिफारीस गर्ने असोक कुमार साह माथि कुनै कार्यवाही भएको छैन ।

मिति २०७४ कार्तिक ६ गतेको चलानी नम्बर ४१८ लेखि साहले आफनै नाममा रहेको जग्गाको चौदही सिफारीस बनाएका थिए । साहले बदमासी गरेको खुल्न आएपछि वडा अध्यक्ष राईले उनी विरुद्ध कार्यवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा साउन १० गते निवेदन दिएका थिए । उनले कार्यवाहीको माग गरेको चार महिना वितिसक्दा समेत प्रहरीले साहलाई अझै पक्राउ गरेको छैन ।

सरकारी कागजात किर्ते गर्ने साह अहिले सार्वजनिक रुपमा हिडडुल गरिरहेकाछन् । साह सुन व्यावसायी हुन् । उनको गाईघाट बजारमा सुनपसल छ । प्रहरी प्रशासनसँग उनको दिनहु भेटघाट भैरहन्छ तर प्रहरीले उनलाई पक्राउ गर्दैन । वडा अध्यक्ष राईले भने ।

वडा सचिब देविदत्त घिमिरेले आर्थिक प्रलोभनमा पररे प्रहरीले साहलाई पक्राउ नगरेको बताए ।
‘ मैले कति पटक साह र प्रहरी हाकिमबीच भेटघाट भैरहेको देखेको छु ।’ उनले भने ।

साह प्रहरी प्रशासनको विचौलीमा समेत रहेको वडा अध्यक्ष राईले बताए ।‘ प्रहरी कार्यालयमा परेको मुद्दा मामिला प्रहरी हाकीमलाई पैसा दिएर साहले विगतमा मिलाउँदै आएको  राईले बताए ।

प्रहरीका हाकीमसँग उनको सधै राम्रो सम्बन्ध हुने गरेको उनका सहकर्मी व्यावसायीहरु बताउछन् ।
‘आफूले पनि कमिशन खाने र प्रहरी हाकीमलाई पनि मुद्दा मिलाई दिए बापत पैसा पु¥याउने काम साहले गर्दै आएको उनका व्यावसायी साथीहरु बताउछन् ।

साहकै छिमेकी एंव मधेसवादी दलका युवा नेता राहुल यादबले साहले गाउँलेहरुलाई प्रहरी, प्रशासनको धाक देखाएर दुःख दिने गरेको बताए ।‘ मैले प्रहरी र न्यायलयलाई पैसाले किनेको छु । मलाई कसैले केह ीगर्न सक्दैन ।’ साहले सार्वजनिक रुपमै भन्दै आएको यादबले बताए ।

साहले केही महिना अघि नापी कार्यालय उदयपुरका कर्मचारीसँगको मिलिमतोमा स्थानीय रन्जु अधिकारीको नामको जग्गाको कित्ता नम्बर नै फरक बनाई नक्शा संशोधन गरेका थिए । अधिकारीले २३ वर्ष अघि किनेको कि.न.९१७ नम्बरको जग्गाको नक्शा संशोधनगरि नयाँ नक्शामा उक्त जग्गाको कि.न.८१७ बनाएका थिए । उक्त कार्यमा साहले नापीका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेको वडा अध्यक्ष राईले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. चन्द्र देव राईले आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताए ।‘ म सरुवा भएर आउनु अघिको कुरा भएकोले यस बारेमा  मलाई केही थाहा छैन ।’ उनले भने ।
‘ उजुरी परेको रहेछ भने छानविन गरेर कार्यवाही गर्छु ।’ एस.पी. राईले भने ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.