Websoft University

महासंघ - सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसँग छलफल आज सम्पन्न


काठमाडौं,पुस १० गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघले पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनअनुसार महासंघ केन्द्रीय समितिको ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले सो निर्देशनलाई कार्यान्वयन लैजाने निर्णय गरेसँगै सो सम्बन्धमा आज सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्न लागेको बताउनुभयो । उहाँले महासंघको निर्वाचनका बेलामा हुने भड्किलो चुनावी प्रचारप्रसार अन्त्य गर्न चुनावलाई प्रत्यक्ष गर्न लागिएको धारणा राख्नुभयो ।

कार्यक्रममा उपस्थित सञ्चारसम्वद्ध विभिन्न संघसंगठनका प्रतितिनिधिहरुले महासंघको विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन तथा धनकुटामा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई सकारात्मक रुपमा लिएको बताउँदै महासंघले उठाएको  प्रत्यक्ष निर्वाचन प्रणलीप्रति आ–आफ्नो संघसगंठनमा छलफल गरी महासंघलाई सुझाव दिने बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.