Websoft University

करेन्ट लागेर गाई बाख्राको मृत्यु


शिव भट्टराई, पुस २ गते । मोरङको सुन्दरहरैचा नगरपालिका २ नं वार्डमा करेन्ट लागेर घरको गोठमा रहेका एउटा गाई र एउटा बाख्राको मृत्यु भएको छ।

२ महीना पछि ब्याउन लागेको गाई र बाख्राको मृत्यु भएकोले अन्दाजी १लाखको क्षति भएको कुरा घरमूली गीता घिमिरेले बताउनु भएको छ।

घर छेउमा रहेको हाईटेन्सन माथि लाईन सर्ट भएर आगोको झिल्का झरेर गोठमा परेकोले मानवीय क्षती भने नभएको र अरु गोठमा रहेको गाई बचाउन सफल भएको कुरा घरमुलिले बताउनु भएको छ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं.२ का वार्ड अध्यक्ष साथै छिमेकी डोरीलाल चौधरीले राहतको लागि आर्थिक सहयोग गर्ने कुरा बताउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.