Websoft University

कान्तिपुर सेकेन्डरी स्कूलमा विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मस डे मनाए



विराटनगर / रातो तारा डट कम, विराटनगर १० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलमा विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मसडे मनाएको छ  ।

स्कुलमा अध्ययनरत कक्षा पि.जि.देखि कक्षा दशसम्मको करिब ६ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको
छ । कार्यक्रमको सुरुमा स्कूल क्याप्टेन रुवि लामाले क्रिस्मसडे भने र्शिषकमा बोल्दै कार्यक्रमको सुरु गरेकी थिइन् । सान्टाकलसका पोसाकमा आएका विद्यार्थीहरुले कार्यक्रमलाई थप आर्कषक बनाएका थिए ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सास्कृतीक तथा आधुनकि नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रमको  अन्त्यमा बालबालीकालाई केक खुवाउदै उपहार वितरण गरेको स्कूलका सह–प्राचार्य देविलाल महतोले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.