शिव भट्टराई -मोरङ मंसिर २१ गते । रातो तारा डट कम,
मोरंङको केराबारी-१० मा रहेको केराबारी साना किसान सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको भयो ।
साधारणसभाका प्रमुख अतिथि तथा केराबारी गाउपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले सहकारीले गरेको राम्रो कामको लागि प्रशंसा गर्दै, गाउपालिकाले पनि सहयोग गर्न तयार रहेको कुरा बताउनु भएको छ।
कार्यक्रममा विशिष्ठ अतिथि साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष साथै जिल्ला कृषि सहकारी संघ मोरंगका सचिव रबिन्द्र आचार्य , केराबारी गाउपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु , जिल्ला कृषि सहकारी संघको पूर्व लेखा संयोजक अनुसरण कर्ता गणेश गुरागाई , खदम क्याम्पस प्रमुख टेक बहादुर थपलिया लगायतले संस्थाको स्तर उन्नतिकालागि के कस्ता कार्य गर्नुपर्छ, भन्ने कुरालाई प्रस्तुत गर्दै आ-आफ्ना धारणा राखेका थिए।
साधारण सभामाबाटै उत्कृष्ट ऋणी, सेयर सदस्य, बालबचतका
महानुभव हरूलाइ पनि सम्मान गरिएको थियो ।
महिलाद्वारा संचालित यस सहकारी संस्थाले जम्मा १८ लाख ३३ हजार सात सय सेयर पूँजी सँगै ३ लाख ८९ हजार ६ सय नाफा आर्जन गरेको छ, भने जम्मा ९४५ सेयर सदस्य बनाउन सफल भएको छ।
साधारण सभामा यस संस्थाका लेखा समिति संयोजक मन माया मगरद्वारा सञ्चालन गरिएको थियो, भने संस्थाका अध्यक्ष श्री तारा कुमारी खवासको अध्यक्षतामा कार्यक्रम भएको थियोे । कार्यक्रम केराबारी-१० हजारविघा सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा सम्पन्न भएको थियो।
Post a Comment