सुनसरी, पौष ८ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-१४ लोहनी टोलमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका बर्ष २४ को बिशाल कुमार शाहको उपचारको क्रममा मृत्यु भएको छ ।
गत पौष २ गते भित्री सडक खण्डमा को २ त ६१६० नम्बरको ट्याक्टरमा सवार एन एम ईटाभट्टामा मजदुरी गर्दै आएका मोरङ भुटाहा बस्ने शाह ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते शाहलाई उपचारको लागि धरान स्थि वि.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरान हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा आइतवार दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ट्याक्टर र चालक ईटहरी-१५पोखरीया बस्ने बर्ष ४५ को रमेश चौधरीलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
Post a Comment