Websoft University

दुई स्थानमा आगलागी साढे १३ लाखको क्षति

{फायल फोटो}

विराटनगर, पौष ८  गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत ईलाम र संखुवासभा जिल्लामा शनिवार आगलागी हुँदा अन्दाजी साढे लाख बराबरको क्षति भएको छ । ईलामको रोङ गाउँपालिका-५ बस्ने राम बहादुर राईको घमा शनिवार आगलागी हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

 बिहान करिब ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा राईको फुसको छानो भएको १ तले घर, घर भित्र पार्किङ गरेर राखेको मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो सवा १२ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

त्यसैगरी संखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठा बस्ने तेज बहादुर घिमिरेको खेतमा रहेको मतान घर आगलागी हुँदा अन्दाजी १ लाख ५२ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ९ बजेजि समयमा मतान घर छेउमा रहेको फोहेरमा सल्काउने क्रममा अचानक आगलागी हुँदा मतानघर, १५ मुरी धान,भाडावर्तन, लत्ताकपडा र नगद ७ हजार जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.