Websoft University

सरकारले आफुहरुलाइ विभेद गरेको भन्दै स्थानिय तहका कर्मचारीहरुले कामकाज ठप्प गर्दैआन्दोलनमा उत्रिए


श्याम राई उदयपुर-गाईघाट  पौष २ गते । रातो तारा डट कम, सरकारले आफुहरुलाइ विभेद गरेको भन्दै उदयपुरका आठैवटा स्थानिय तहका कर्मचारीहरुले कामकाज ठप्प गर्दैआन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीको आन्दोलनले सोमबार जिल्लाका सवै नगरपालीका र गाउँपालीका को कामकाज ठप्प भएको छ । कामका लागी स्थानिय तहमा पुगेका सेवाग्राही काम वेगर नै फर्किएका छन् ।
कर्मचारी समायोजन सम्बन्धि सरकारले हालै ल्याएको अध्यादेशले आफुहरुको वृति विकासमा विभेद भएको भन्दै स्थानिय तहका कर्मचारीहरु देश भरिनै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारले कर्मचारी समायोजन गर्ने क्रममा गत मंशिर २२ गते जारी गरेको अध्यादेसले आफुहरुलाई अन्य कर्मचारी भनेर परिभाषित गरी निजामति कर्मचारीले पाउने सरहको सेवा सुविधा बाट बन्चित गर्न लागेकोले आन्दोलनमा उत्रिनु परेको स्थानिय तह कर्मचारी संघ उदयपुरका अध्यक्ष भुपध्वज रायमाझीले बताए ।

उनले देश भरीका ७ सय ५३ वटै तहमा कार्यरत १७ हजार, स्थायी ३ हजार बढी कर्मचारी र करिब २० हजारको संख्यामा रहेको करार तथा ज्यालादारी कर्मचारीको पेसागत हकहित र मर्यादालाई स्थायित्व दिन र स्थानिय तहमा कार्यरत सवैखाले कर्मचारी बिचको विभेद अन्त्य गरी उनिहरुको वृति विकाश ग्यारेन्भटी नभए सम्म आन्दोलन जारी रहने बताए ।     

                                                           






















                                                                                                                             













                                                                                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.