शिव भट्टराई माघ ११ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं १० मा रहेको प्लानेट रिक्रिएशनको आयोजनामा पुर्वाञ्चल स्तारिय प्रथम सुबिजिमुर मेमोरियल अन्तर मा.वि.स्तरीय फुटसल प्रतियोगिता र प्रथम खुल्ला (5 A Side) नक आउट फुटसल प्रतियोगिता आयोजना हुने भएँको छ ।
प्लानेट रिक्रिएशनले आज आफ्नै खेल मैदानमा पत्रकार सम्मेलन गरी खेलको समय र खेल राशी सार्वजनिक गरेकोे
छ ।
फाल्गुण १ गते देखी ३ गते सम्म पुर्वाञ्चल स्तारिय प्रथम सुबिजिमुर मेमोरियल अन्तर मा.वि.स्तरीय फुटसल प्रतियोगिता हुने र फाल्गुण ९ गते देखी ११ गते सम्म प्रथम खुल्ला (5 A Side) नक आउट फुटसल प्रतियोगिता आयोजना हुने आयोजकाले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
प्लानेट रिक्रिएशन सेन्टरका सञ्चालक उत्सव थापाको अध्यक्षतामा भएँको पत्रकार सम्मेलनमा प्रमुख अतिथि मोरङ प्याब्सन अध्यक्ष अर्जुन बस्नेत र अतिथिमा सुबिजिमुर मेमोरियल उच्च मा.वि.का प्र.अ. गोविन्द कार्कि , युवा समाजसेवी तथा एई ग्लोबल इटहरीका सञ्चालक अर्जुन गजुरेल, युवा समाजसेवी तथा कार्कि ज्वेलरीका सञ्चालक दिनेश कार्किको रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि बस्नेतले यस्ता अतिरिक्त कार्यक्रमले विधार्थी लाभान्बित हुने भन्दै निरन्तर रुपमा कार्यक्रम आयोजना गर्न र प्याब्सन मोरङले सधैं यस्ता कार्यक्रममा सहयोग गर्ने बताएका थिए ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै गोविन्द कार्किले पछिल्लो समरी फुट्सलको क्षेत्रमा नया आयाम आएको भन्दै यस कार्यक्रमले विधार्थीहरुलाई समेत फुटसल खेलमा अकर्षित गर्न सकिने भन्दै खेललाई सधैं निरन्तर दिन र आफूले सक्ने सहयोग सधैं गर्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा युवा समाजसेवी गजुरेलले फुटसल खेल एक खेल मात्र नभएकोले मानिसलाई स्वास्थ्य रहन समेत फुटसलले सहयोग गर्ने भन्दै फुटसल खेल को विकास र प्रचार प्रसार गर्न यस्तो कार्यक्रमले सहयोग हुने बताएका थिए ।
पत्रकार सम्मेलन मार्फत फुटसल सञ्चालक थापाले स्वास्थ्य र खेलकुदमा एउटा इट्टा थप्ने उद्देश्यले २०७५ साल श्रावण ९ गते देखी फुटसल खेल सञ्चालन मा ल्याएको र फुटसलको वातावरण अझ राम्रो बनाउनका साथै मोफसलमा रहेको फुटसल प्रतिभाको प्रवर्धन गर यस सस्थाले विभिन्न प्रतियोगिताहरु आयोजना गर्न लागेको जानकारी गराएका थिए ।
उनले विधालय स्तरमा करिब ४० टिम र खुल्ला तर्फ करिब ४० टिमले यस प्रतियोगितामा सहभागी हुने अनुमान रहेको बताएका छन ।
उनले यस प्रतियोगितलाई सुविजिमुर मेमोरियल उच्च मा.वि ले मूख्य प्रायोजक र एई ग्लोबल र कार्कि ज्वेलरीले जर्सि प्रदान गरेकोे समेत बताएका थिए ।
उनले पुर्वाञ्चल स्तारिय प्रथम सुबिजिमुर मेमोरियल तर्फको पुरस्कार राशी प्रथमलाई नगद रु. २५,००० बराबरको अध्ययन तथा खेल सामाग्री , ट्रफी , प्रमाणपत्र , दोश्रोलाई नगद रु. १५,००० बराबरको अध्ययन तथा खेल सामाग्री , ट्रफी , प्रमाणपत्र , सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ३,००० बराबरको खेल सामाग्री , प्रमाणपत्र , बढी गोलकर्तालाई नगद रु. २,५०० बराबरको खेल सामाग्री , प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई (प्रत्येक खेल ) मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र त्यस्तै प्रथम खुल्ला (5 A Side) नक आउट फुटसल प्रतियोगिता तर्फ प्रथमलाई नगद रु. ४०,००० र ट्रफी , प्रमाणपत्र , दोश्रोलाई नगद रु. २५,००० र ट्रफी , प्रमाणपत्र , सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ५,००० र प्रमाणपत्र , बढी गोलकर्तालाई नगद रु. २,५०० र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई (प्रत्येक खेल ) मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रले सम्मान गर्ने बताएका छन ।
Post a Comment