मोरङ, पौष २६ गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका-१० स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ । बुधबार दिउँसो पौने ३ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख २९८८ नम्बरको बसले सुनसरीको ईटहरी उप-महानगरपालिका-२० वस्ने वर्ष ३६ को गिरेन्द्र बहादुर थापालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा सोहि दिन दिउँसो साढे ४ बजे मृत्यु भएको थियो ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment