श्याम राई उदयपुर-गाईघाट,पौष २३ गते । रातो तारा डट कम,
चिकित्सक सरुवा भएर गएपछि जिल्ला अस्पताल उदयपुरमा एक महिनादेखि प्रसुती सेवा ठप्प भएको छ ।
प्रसुती सम्बन्धि चिकित्सक पवन साह र विशाल देव सरुवा भएर अन्यत्र गएपछि चिकित्सकको अभावमा अस्पतालमा प्रसुती सम्बन्धि सबै सेवा बन्द भएको हो । जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विष्णु वहादुर बस्नेतले एक महिनादेखि प्रसुती सेवा ठप्प भएको बताए ।‘
प्रसुती सम्बन्धि डाक्टर नभएको कारण केही दिनदेखि अस्पतालमा प्रसुती सेवा हुन सकेको छैन ।’ डा. बस्नेतले भने‘ नयाँ चिकित्सक अझै नआएको कारण प्रसुती सेवा सूचारु भएको छैन ।’ केन्द्रले कहिले चिकित्सक पठाउने हो केही थाहा छैन । भएको चिकित्सकलाई अन्यत्र सरुवा गरेर पठाएपछि समस्या भएको हो । उनले भने ।
सरुवा भएर गएका दुई चिकित्सक महिला तथा बालबालिकाको क्षेत्रमा विशेष दक्षता हासिल गरेका चिकित्सक थिए । उनीहरुको ठाउँमा केन्द्रले अझै कुनै चिकित्सक पठाएको छैन ।
जिल्ला अस्पतालमा २५ शैयाबाट ५० शैयामा परिणत भएसँगै प्रसुती सम्बन्धि सबै सेवा उपलब्ध हुदै आएको थियो । अस्पताल अगाडी रेडक्रस उदयपुरले ब्लड बैंक स्थापना गरेपछि प्रसुती सेवा प्रभावकारी ढंगले संचालन हुदै आएको थियो ।
अस्पतालमा उदयपुरको अलावा खोटाङं लगायतका पहाडी जिलाबाट समेत स्वास्थ्य उपचार गराउन ठूलो संख्यामा विरामी आउने गरेको छ ।
अस्पतालमा प्रसुती सेवा ठप्प हुदा अहिले प्रसुतीका विरामीहरु महङ्गो खर्च तिरेर जिल्ला बाहिरको सुविधा लिन बाध्य छन् ।
चिकित्सक सरुवा भए लगतै आफूले प्रदेस सरकारका सम्बन्धित मंत्रीलाई अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरेपनि अहिले सम्म नयाँ डाक्टरको व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले बताए ।
म फेरी पनि चिकित्सक पठाउन मंत्रीलाई ताकेता गर्छु ।’ जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका परियारले
भने ।
Post a Comment