काठमाण्र्डौ, माघ ७ गते । रातो तारा डट कम,श्री स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको हो । आजबाट एक महिनासम्म स्वस्थानी व्रत र माघ नुहाउने चलन रहेको छ ।
पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी नुहाउने र सफा कपडा लगाएतर यो व्रत सुरुवात गरिन्छ । आज विहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १ सय ८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यस अवसरमा काठमाडौं उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको शालिनदीमा आजदेखि एक महिनासम्म माघ नुहाउने र माधवनारायणको मेला लागेको छ ।
Post a Comment