बिराटनगरं,पुस २५ गते । रातो तारा डट कम,रोग निको पार्ने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा धनकुटामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ का २८ वर्षका हस्नु बानु, बारा गढिमाई ३ का ३० वर्षका सनिचरी मालिन, २५ वर्षका बुधिया खातुन, ३५ वर्षका जयदा खातुन पक्राउ रहेका छन् ।
विभिन्न रोग निको पारिदिने भन्दै मनलाग्दी मूल्य लिएर जिल्ला स्थित विभिन्न स्थानमा ठगी गरेको आरोपमा उनीहरुलाइ प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
Post a Comment