Websoft University

कोसी टप्पु आरक्षंणका जंगली जनावरहरुबाट बच्न आरक्षंणले बिधुतीय तारबार लगायो


श्याम राई-उदयपुर-गाईघाट,माघ ९ गते । रातो तारा डट कम,
कोसी टप्पु आरक्षंणका जंगली जनावरहरुको आक्रमणबाट स्थानीय बासिन्दाहरुलाई सुरक्षित गर्न आरक्षंणले झण्डै २० किलोमिटर क्षेत्रफलमा विद्युतीय तार बार लगाएको छ ।

विगतमा आरक्षंणबाट निस्केर अर्ना, हात्ति लगायतका जंगली जनावरले स्थानीय बासिन्दालाई आक्रमण गर्ने, बालीनालीमा क्षति पु्याउने र घर भत्काईदिने गरेपछि स्थानीय बासिन्दा त्रसित भएर बस्नु पर्ने बाध्यता थियो । बेलका नगरपालिका र आरक्षंणको करिब १ करोड २४ लाख रुपैयाको लागतमा विद्युतिय तार बार लगाएपछि आरक्षण क्षेत्र नजिकका भागलपुर र तपेश्वरीका स्थानीय बासिन्दाहरुले सुरक्षित महसुस गरेकाछन् ।

झण्डै ५ महिनाको अवधिमा २० किलोमिटर क्षेत्रमा विद्युतिय तारबार लगाईसकेको कोसी टप्पु आरक्षणका प्रमुख सरक्षक अधिकृत रामदेव चौधरीले बताए । उदयपुरतर्फ पाँच, सप्तरीमा तिन र सुनसरीतर्फ १२ गरि जम्मा २० किलोमिटर क्षेत्रफलमा तारजाली लगाईएको चौधरीले बताए ।

आरक्षणको सक्रियतामा तारबार गरेपछि अहिले जंगली जनावर बस्ती पसेर क्षति पु्याउने क्रम रोकिएको पूर्व गाविस अध्यक्ष डिल्लि विमलीले बताए ।‘ हामीले अहिले निकै राहत महसुस गरेका छौ ।’ उनले भने ।

‘विगतमा हामी त्रसित भएर बस्नु परेको थियो । अहिले तारबार लगाएपछि जंगली जनावरबाट कुनै दुःख पाएका छौनऊ ।’ तपेश्वरीका स्थानीय बासिन्दा समेत रहेका विमलीले भने ।

उनले उदयपुरतर्फ अझै १० किमी क्षेत्रफलमा तारबार लगाउनु पर्ने बताए । आरक्षणबाट आउने जंगली जनावरले पु्याउने क्षतिको न्युनिकरण गर्नको लागि नगरपालिकाले विद्युतिय तारबार लगाउन आरक्षणलाई आर्थिक सहयोग गरेको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।‘ अब हामी वार्षिक रुपमा बजेट छुट्टाएर तारबार लगाउने काममा अझै सहयोग गर्न चाहान्छौ ।’ थापाले भने ।













Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.