Websoft University

नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औं बार्षिक साधरण सभा सम्पन्न–सभाबाट ३ जना पुरस्कृत

बिराटनगर,पुस २० गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले आफनो १३ औं बार्षिक साधरण सभा आज सम्पन्न गरेकोछ । कार्यक्रमका प्रमुख अिितथि तथा १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले नेपाल पत्रकार महासंघको १३ औ वार्षिक साधारण सभाकोे उदघाटन गर्दै,समचार प्रकाशन गर्दा सहिसमचार हुनु पर्छ र पाटीको मुख पत्र जस्तो हुनु भएन भन्नु भयो ।

अहिले एउटै समचार पाटी गत रुपमा दुइ प्रकारले लेखिन्छ त्यो खालको समचारले नागरिकहरुले पाउने सुचनाको अधिकार पुरा नहुने भएकाले सहि समचारमा जोड दिन आग्रह गर्दै,बार्षिक साधारण सभा सफलताको शुभकामनाछ भयो ।

नेपाली काग्रेसका १ नम्वर प्रदेश सांसद तथा संसदिय दलका नेता केदार कार्कीले पत्रकारहरुले पनि यो देशमा गणतन्त्र ल्याउन राजनिितक पाटीहरु सगै काम गरेको इतिहास भएकाले राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्नु पर्छ भन्दै १३ बार्षिक साधारण सभा सफलताको लागि शुभ कामना दिनु भयो ।
सघीय समाजवादी फोरमका प्रदेश सांसद तथा संसदीय दलका नेता जयराम यादवले पत्रकारीताको बारेमा कुरा राख्दै बार्षिक साधारण सभा सफलताको शुभकामना दिनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग का आयुक्त माननीय सुदिप पाठकले पत्रकारहरुको बारेमा धारणा राख्दै,नेपाल पत्रकार महासंघको मोरगको १३ औ वार्षिक साधारण सभा सफलताको शुभकामना छ भन्नु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिलीप थापा मगरले पत्रकार आचारसंहिताको बारेमा कुरा गर्दै,यो मोरग शाखाको १३ औ वार्षिकउत्सवको सफताको शुभ कामना दिनु भयो ।

बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अहिले पत्रकारीता कठिन अवस्थामा रहेकाले सबैमिलेर पत्रकारीता क्षेत्रका बिकासमा सहयोग गर्नु पर्ने आफना धारणहरु राख्दै राम्रो लाई राम्रो र नराम्रो भए नराम्रो समचार लेख्नु उचित हुने कुरा बताउनु भयो ।

नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उद्घव तिम्सिना,मोरगका प्रमुख जिल्ला अधिकारी रमेह प्रसाद केसी,नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश अध्यक्ष बिक्रम लुइटेट,
उधोग संगठन मोरगका अध्यक्ष भीम घिमिरे,उधोग बाणिज्य महासंघ १ नम्वर प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, नेपाल पत्रकार महासंघ प्रदेश सचिव बिबेक गौतम,नेपाल प्रेस युनियानका १ नम्वर प्रदेश संयोजक लिला वल्भ अधिकारी,मोरग शाखाका पुर्व सभापतिहरु मध्येबाट सुभास ढकाल,लगाएका वक्ताहरुले आ आफना कुरा राख्दै नेपाल पत्रकार महासंघको १३ औ वार्षिक साधारण सभा सफलताको लागि शुभकामना दिनु भयो ।

नेपाल पत्रकार महासंघका मोरग शाखाका उपसभापति कुमोद अधिकारीले स्वागत मन्त्व्य दिनु भएको थियो भने कार्यक्रमको सभापतित्व शाखाका सभापति बन्धु पोखरेलले गर्नु भएको थियो । कार्यक्रमकै बिचमा मुद्रण उधोग व्यावसायिहरुको तर्फबाट पुरस्कार स्थापना गर्न रु २ लाख को चेक हस्तान्तरण गरिएको थियो ।

पुर्व शाखा सभापतिहरुलाई सम्मान र मायाको चिनो समेत दिएको थियो भने,नगर पत्रकारीता पुरस्कार बाट पत्रकार धुर्व भट्टराई लाई रु ११ हजार नगद र प्रमाण पत्र, प्रतिभा पुरस्कार बाट पत्रकार तारा आचार्य लाई रु १५ हजार नगद र प्रमाण पत्र, समेतबाट पुरस्कृत गरिएको थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंघको मोरग शाखामा लामो समय सम्म सेवा गरे वापत कार्यलय सचिव दिपक फुयाललाई नगद रु ५१ हजार र प्रमाण पत्र समेतबाट महासंघको  १३ औ वार्षिक उत्सवबाट पुरस्कृत गरिएको थियो । पुरस्कार पाउने सबैलाई रातो तारा का तर्फबाट बधाईछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.