Websoft University

सुन्दरहरैचा नगरपालिकाले बिज्ञप्ति मार्फत बिरोध जनायो

मोरंङको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा रहेको पुुर्वाञ्चल बिश्वबिद्यालयले आफ्नो अर्वऔंको भौतिक पुर्वाधार हुदाँहुदै बाहिर भाडाको घरमा आफ्नो २५औं बर्षको रजत जयन्ति मनाउन लागेको भन्दै सुन्दरहरैचा नगरपालिकाले बिज्ञप्ति मार्फत बिरोध जनाएको छ ।

विश्वबिद्यालयको आवश्यक सबै पुर्वाधार हुदाँहुदै पुर्णरुपले सञ्चालन हुननसक्नु पुर्व एवम् वर्तमानका पदाधिकारीहरुको राजनितिको कारण भएको नगरपालिकाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सुन्दरहरैचा नगरपालिका अन्र्तगत पर्ने उक्त बिश्वबिद्यालयमा भौतिक पुर्वाधार प्रसस्त रहेको भए पनि पुर्णरुपले सञ्चालन हुन सकेको छैन । बिश्वबिद्यालयले पौष १९ गते हुने आफ्नो रजत जयन्ती गोठगाउँमै मनाउनु पर्ने र पुर्णरुपमा सञ्चालन हुनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बार्षिक नगरसभाबाट बिश्वबिद्यालयको सम्पुर्ण व्यवस्थापन गर्न सम्बन्धित निकाय र नेपाल सरकारलाई माग गरिसकेको जानकारी नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।
२०५० सालमा ८०५ बिगाहा जमिनमा फैलिएको बिश्वबिद्यालयले प्रदेश एकको गौरवको रुपमा रहेको तर केहि पधादिकारीको कारण बिश्वबिद्यालयको पुर्वधारलाई वास्ता नगर्दै बिराटनगरमा भाडामा सञ्चालन हुदै आएको छ ।

एकातिर पुर्वाधार जिर्ण बन्दै गएको छ भने अर्को तर्फ राज्यलाई दोहोरो मार परि रहेको भन्दै सुन्दरहरैचा नगरपालिकाले बिरोध गरेको हो ।

स्थापनको २५ बर्ष सम्म पनि स्थायित्व, आवश्यक ऐन, कानुन निमार्ण र परिमार्जनमा ध्यान नदिने र राज्यको सम्पक्तिमा हालीमुहाली गर्ने पदाधिकारीहरुकको काम कार्वाही बिश्वबिद्यालयको अहितमा रहेको जनाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.