झापा, माघ ११ गते । रातो तारा डट कम,पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-३ सानो केर्खामा बिहीवार मट्टितेल बोकेको ट्याङकर दुर्घटना हुँदा अन्दाजी ८ हजार लिटर मट्टितेल नष्ट भएको छ ।
राती साढे ८ बजे भारतको सिलिगुढीबाट बिराटनगर तर्फ मट्टितेल बोकेर जाँदै गरेको को १ ख १७८८ नम्बरको ट्याङकर स्टेयरिङ फेल हुँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा ट्याङकमा भएको अन्दाजी ८ हजार लिटर मट्टितेल पोखिएर नष्ट भएको छ भने चालक र सह-चालक सकुशल रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।
Post a Comment