शिव भट्टराई -सुनसरी माघ ९ गते । रातो तारा डट कम,
सिचाईको राम्रो व्यवस्था नभएका कारण मोरगंको मृगौलिया क्षेत्रका व्यवसायिक कृषक मारमा परेको गुनासो गर्दछन ।
मोरगंको सुन्दरहरैचा २ का किसानहरुले सिचाई सुविधा राम्रो नभएको तथा विद्युत लाईन समेत कम भोल्टको भएका कारण व्यवसायिक किसानहरु मारमा परेको गुनासो गरेका हुन ।
विगत एक दसक देखि तरकारी खेती गर्दै आएका महेश महतो सिचाँई सुविधा राम्रो नभएको तथा विद्युत लाइनको भोल्टेज समेत कृषिका लागि उपयुक्त नभएका कारण आफुहरुलाई समस्या भई गरेको वताउछन । उनले कृषिका लागि सहुलियत मिटर उपलव्ध गराउनु पर्ने तथा प्रयाप्त भोल्टेज पुग्ने विद्युत लाईन विस्तार गरिए उत्पादन वढ्ने विश्वास गर्दछन ।
त्यसै गरी केही वर्ष यता देखि कागती खेती सुरु गरेका सोही ठाउँका अर्का किसान रघुनन्दन महतो कृषि क्षेत्रका लागि सरकारी स्तरबाट कुनै पनि किसिमको सहयोग र सिप नपाएको गुनासो गर्दछन । कृषि कार्यका लागि तालिम नपाएका कारण आफुहरु परम्परागत रुपमा खेती गर्दै आएको समेत उनले सुनाए ।
कृषिका लागि आवश्यक पर्ने विउ तथा मल समेत समयमा नपाइदा समेत कृषकहरु समस्यामा परेको कृषकहरु गुनासो गर्दै आएका छन । यता नेपाल सरकारले भने कृषि क्षेत्रमा किसानहरुलाई प्रोत्साहन गर्ने विभिन्न किसिमका प्याकेजहरु ल्याएको दावी गरिरहेपनि वास्तविक किसानहरुले भने कुनै किसिमको सहयोग नपाएको गुनासो गर्दै आएका छन ।
कृषि क्षेत्रको विकास र विस्तारका क्षेत्रमा सहयोग पुर्याउने गरि मोरगंको सुन्दरहरैंचा ४मा स्थापना गरिएको अग्रणी सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष सोवित पौडेल सरकारी सुविधाका विषयमा कतिपय किसानहरुलाई जानकारी समेत नभएको र झन्झटीलो समेत भएका कारण किसानहरुको पहुँच भन्दा वाहिर रहेको वताउछन ।
Post a Comment