Websoft University

इन्फोटेकमा अफरै अफर,अवलोकनकर्ताको भिड


बिराटनगर÷रातो तारा डट कम,विराटनगर स्थित जैन भवनमा जारी सुविसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शुक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । शनिवार स्मार्ट सिटी विषयमा कन्फ्रेन्स सम्पन्न भएको छ ।

काठमाण्डौबाट आउनुभएका प्रो.डा. मनिष पोखरेल, मडिन्द« अर्याल, तुषार न्यौपाने लगायतले डिजिटल गर्भनेन्स तथा स्मार्ट सिटीमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । कन्फ्रेन्स विभिन्न नगरपालिकाका प्रतिनिधिहरु सहित ७० जनाको सहभागिता रहेको थियो ।

क्यान महासंघ मोरब शाखाको मुख्य आयोजना तथा लिभिब विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन । शुक्रवार र शनिवार अवलोकनकर्ताको राम्रो उपस्थिती भएको क्यान मोरब सचिव सुमित शाहले जानकारी दिए । अब २दिनमात्र बाकि रहेकोले अझ धेरै व्यत्तिहरुको उपस्थित हुने अपेक्षा रहेको उनको भनाई छ ।

शनिवार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढि छुट दिएका छन । ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभी लगायतका प्रडक्टमा कम्पनीहरु आकर्षक छुट दिएका छन । सुविसुले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ ।

यसैगरी विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निशुल्क उपलब्ध गराइएको छ । इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिक समेत भएका छन । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केहि अत्याधुनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रु पमा रहेका छन ।

सयभन्दा बढि स्टलहरुमा विभिन्न आकर्षक अफर र छुटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा अन्य थुप्रै आकर्षणहरु रहेका छन । शनिवार रोबोवारको क्वाटर फाइनल र सेमि फाइनल सम्पन्न भएको छ । कसमस गु्रप र डिस्ट्रक्सन समुहविच आइतवार रोबोवार फाइनल हुनेछ । रोबोवारमा १५ बढि समुहहरुको सहभागिता रहेको थियो ।

यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितीका अध्यक्ष राजन यादवले जानकारीदिए । यसैगरी इन्फोटेकमा १५ भन्दा समुह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन । धेरै युवाहरु को आकर्षण रहेको गेम प्रतिस्प्रधा तथा रोबोवारमा सहभागी हुने क्रम बढिरहेको छ । विद्यार्थीहरु ले बनाएका स्मार्ट सिटी मोडलिबहरु पनि कार्यक्रममा प्रस्तुत भएका छन ।

भिडियो प्रतिस्प्रधा लगायतका अन्य थुप्रै कार्यक्रमहरु भइरहेको आयोजकले जनाएको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकमा सोमबारसम्म सञ्चालन हुनेछ । पुस २२ गते



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.