Websoft University

बिपद न्युनिकरणका लागि प्रदेशले बेलैमा ध्यान दिने, मुख्य मन्त्री राई



बिराटनगर,पुस २३ गते । रातो तारा डट कम, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन १ नम्वर प्रदेश स्तरीय कार्यशला गोष्ठी सम्मपन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक दिने कार्यशाला गोष्ठी को उदघाटन गर्दै, बिपद जोखिमलाई न्यूनिकरणका लागि हामीले बेलैमा सचेत रहेर बिगतका अनुभवहरुलाई समेत ख्यल गर्दै, बेलैमा ध्यान दिनु पर्छ भन्नु भयो ।

प्रदेशले साधान स्रोत बेलैमा तयार गरेर योजना बद्घ रुपकै बिपद व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरामा मुख्य मन्त्री राई जोड दिनु भएकोछ । १ नम्वर प्रदेश सरकारले छिटै बैठक बसेर समस्यहरुलाई चिर्दै बिपद व्यवस्थापनका कामहरु अगि बढाउने बताउनु भएकोछ ।  अव देश समृद्घि बढीसकेकाले योजना बद्घ कामहरु गर्दा साना कुराहरुले पनि ठुलो फाईदा लिन सकिन्छ भन्नु भयो ।

१ नम्वर प्रदेश सभामुख माननीय प्रदिप कुमार भण्डारी बिपद व्यवस्थापनमा आइपर्ने कुराहरुको पैचान गरेर बेलैमा काम र त्यसको न्युनिकरण तर्फ ध्यान दिनु पर्ने धारण राख्दै गोष्ठी सफल्ताको शुभकामना दिनु भयो ।

प्रदेशका मुख्य सचिव केदार न्यौपानेले कार्यक्रमलाई सम्वोधन गर्दै बिपद व्यवस्थापनमा १ नम्वर प्रदेश स्तरीय कार्यक्रमलाई समय सापेच्छे बनाएर कसरी न्युनिकरण गनृ सकिन्छ त्यसमा ध्यान दिएर काम अगि बढाईने भन्दै सहभागिहरुलाई भिज्योलबाट बिपद हुन सक्ने क्षेत्र पैचान चनाखो अवस्था का बारेमा सहजिकरण गर्नु भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल प्रसाद पराजुली १ नम्वर प्रदेश भित्रका बिभिन्न ठाउहरुको बारेमा जानकारी दिनु हुदै बेलैमा कुनै पनि प्रकारबाट आइपर्ने बिपदलाई सामना गर्न सहजक्ता बेलैमा अपनाउनु पर्छ भन्दै प्रदेश स्तरीय गाष्ठीमा प्रदेशका मन्त्री सांसदहरु, सेना प्रमुख, प्रहरी प्रमुख, प्रशासन प्रमुख, र सहभागिहरुलाई स्वागत गर्नु भयो ।

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव शाखा प्रमुख रबिन्द्र रान आचार्यले बिपद व्यवस्थापन कसरी गर्न सकिन्छ र न्युनिकरणका उपायहरु के के हुन भन्ने बिषयमा सहजिकरण गर्नु भएको थियो । प्रतिपक्षि प्रदेश ससदिय  दलका उपनेता राजीव कोईराला र उपनेता टंक आङबुहाङले बिपद व्यवस्थापनका बारेमा आ आफनो धारणहरु राख्नु भएको थियो ।

आचार्यको सहजिकरण पछि प्रदेश सांसदहरु सर्वध्वज साम्वा बिमल कार्की र इाापा रेडक्रस का अध्यक्ष प्रकास ढकाल लगाएतका सहभागिहरुले पनि बिपद व्यवस्थापनकै बारेमा आ आफना धारणाहरु राख्नु हुदै प्रश्न सुइाव समेत दिईसके पछि आचार्यले पुन वहाहरुको जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकम कुमार कार्कीले यो बिपद भन्ने बिषय भन्न सजिलो भए पनि कनि शब्द हो भन्दै,बिपद न्युनिकरण गर्न सबै क्षेत्रले चनाखो भएर लाग्नु पर्ने भएकोछ ।

अहिले १ नम्वर प्रदेश सरकारले बिभिन्न उपायहरु अपनाईरहेको छ र त्यस्ता हुन सक्ने बिपदहरुलाई कसरी न्युनिकरण र व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा काम भईरहेको गाष्ठीमा बताउनु भयो ।
कार्यक्रमको सन्चालन मुरारी प्रसाद घिमिरेले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.