Websoft University

धनकुटामा गोरु जुधाई प्रतियोगिता हुने

काठमाण्डौं,पुस २४ गते । रातो तारा डट कम,धनकुटाको पाख्रिबास नगरपालिकामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता हुने भएको छ । स्थानीय युवाको आयोजनामा पाख्रिबास नगरपालिका वडा नं. ७ मुगामा आगामी माघ १ गते गोरु जुधाई प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागी गोरुको मृत्यु भएमा क्षतिपूर्ति दिन गोरुको बिमा गरिसकिएको आयोजकले जनाएको छ । यस वर्षबाट हरेक वर्ष गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको स्थानीय नविन बराइलीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.