Websoft University

घुस लिएको आरोपमा वडा सचिव प्रहरी नियन्त्रणमा


काठमाण्र्डौ, माघ ६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा सचिव सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय पूर्णबहादुर तामाङसँग नागरिकता सिफारिस बापत ९ हजार रुपैयाँ घुस लिएको आरोप लागे पछि स्थानीयबासीले कारवाहिको माग गर्दै वडा सचिवलाई प्रहरीको जिम्मा लगाएका हुन । सचिव घिमिरेले सेवाग्राहीसँग पटक पटक घुस लिएको आरोप लागेको छ ।

घुस्याहा कर्मचारीलाई कार्यालयमा राख्न नहुने भन्दै स्थानीयले बिरोध गरेपछि प्रहरीले वडा सचिव घिमिरेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.