Websoft University

विश्व आर्थिक मञ्चको बैठकमा प्रधानमन्त्रीको सम्वोधन–सहयोगका लागि ओलील गरे आह्वान


काठमाण्डौं माघ ९  गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न आह्वान गर्नुभएको छ । उहाँले  नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ ।

 विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठक अन्तर्गत स्वीजरल्यान्डको डाभोसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको भन्दै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नु
भयो । ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

 प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको पनि बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.