Websoft University

जिल्ला कृषि सहकारी संघ मोरंगको दशौं वार्षिक साधारण सभा सम्पन्न।


शिव भट्टराई माघ १२ गते । रातो तारा डट कम,
"आर्थिक विकास र सामाजिक रूपान्तरणका लागी सहकारी"भन्ने मूल नाराका साथ आज मोरंगको बेलबारीमा रहेको जिल्ला कृषि सहकारी संघ मोरंगले दसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभा प्रदेश नं १ का सभासद राजकुमार ओझाको प्रमुख अतिथ्यतामा र यसै संघका अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले देशमा निर्यात भन्दा आयत धेरै हुने गरेको हुनाले आफ्नै देशमा व्यवसाय गरेर आत्मनिर्भर बन्ने र बनाउने हिसाबले अगाडि बढ्नु पर्छ : यसैगरी हामीले रसायनिक मल निरुत्साहित गर्ने हो भने क्यान्सर जस्ता विभिन्न रोगबाट वञ्चित रहन सकिने र त्यसका लागी विकल्प खोज्नु पर्छ भन्ने कुरा विभिन्न सहकारीका अभ्यन्ताहरुले बताउनु भएको थियो।

यस सहकारी संघले साधारण सभाको अवसर पारेर निरन्तर कृषि सहकारी मार्फत सदस्य र समुदायको बिकासका लागि सेवा पुर्याउने सहकारी कर्मी व्यक्तिहरु साथै व्यवसाय गर्ने उत्कृष्ट किसानहरुलाई सम्मान गरेको थियो।

यस सहकारी संघले जम्मा ७० सदस्य संस्था बनाएको छ यस कार्यक्रम जिल्ला कृषि सहकारी संघका सचिव रविन्द्र आचार्यद्वारा संचालन गरिएको थियो भने सो कार्यक्रम सुन्दरहरैचा नगरपालिका ३ मा रहेको साना किसान कृषि सहकारी संस्था गछियाको सभाहलमा सम्पन्न भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.