काठमाण्डौं,माघ ९ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका लाइ संदनवाट पारित हुन नदिने वताउनु भएको छ । रुपन्देहि जाने क्रममा आज विहान नवलपुरको चोरमारामा कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा उहाँले सदनलाइ अवरुद्ध पारेर भए पनि चिकित्सा शिक्षा विधेयकलाई पारित हुन नदिने स्पष्ट पार्नु भएको हो ।
कांग्रेसले सदनमा प्रतिपक्षको भुमिका निभाउने क्रममा सरकारको गलत कामको विरोध गर्न कुनै कसर वाकि नराख्ने वताउनु भयो । फरक प्रसंङमा महामन्त्री डा.कोईरालाले काँग्रेस अब एक भएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
Post a Comment