Websoft University

चौका दाउ चार शहरमा अन्तरक्रिया


काठमाडौं,पुस २० गते । रातो तारा डट कम,चलचित्र चौका दाउको मोफसलका चार शहरमा अन्तरक्रिया गरिएको छ । पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको मोफसल यात्रा अन्तर्गत मँगलबार हेटौंडामा बुधबार चितवन र बुटबलमा बिहिबार पोखरामा अन्तरक्रिया गरिएको हो । यसरी चार सहरमा सञ्चारकर्मीसँग फिल्मी बहस सकेर चलचित्र युनिट बिहिबार राती काठमाडौं फर्किएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा हास्यब्यँग्य कलाकार सन्तोष पन्तले बिगतका सिनेमामा १०÷१५ सिनेमा सिमित हुनु परे पनि चौका दाउमा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए । फिल्ममा वर्षाको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने,‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो फिल्मको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ । फिल्मले दर्शकलाई दुई घन्टासम्म मज्जाले हँसाउँछ, किनकी यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो ।’ आफु लामो समयको अन्तरालपछि फिल्ममा फर्किएका जानकारी गराउँदै उनले किस्मत–२ पछि फेरी दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको बताए ।

सञ्चारकर्मीसँग भेटघाटको क्रममा अभिनेत्री वर्षा राउतले चौका दाउ आफुले अभिनय गरेका बिगतका सिनेमा भन्दा फरक रहेको बताईन्,‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूण चलचित्र हो र यसमा कथा नै मेरी वरीपरी घुमेको ट्रेलरबाट यहाँहरुले अनुमान गरिसक्नु भएको छ ।’ तर ट्रेलरमा नआएका धेरैकुरा फिल्ममा रहेको र ती दृष्यले दर्शकलाई सक्दो रमाईलो दिने पनि उनले जानकारी गराईन् । सिनेमामा आफु केटाहरुलाई फसाउने उर्वसीको भूमिकामा रहेको र अन्त्यमा आफु  पूर्ण सकरात्मक देखिएको पनि उनले खुलाईन् ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुँगाना रहेको बताए । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । चलचित्रको कथाले दर्शकलाई प्रभाव पार्ने र सिनेमाले पुरा हँसाउने पनि उनले जिकिर गरे ।
सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

 फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । फिल्मका ‘राधा पियारी...’ र ‘मेरो माया कतारमा...’ गीत यसअघि नै चर्चित छन् । फिल्म अष्टे«लियामा समेत प्रदर्शन गरिने बताइएको
छ । गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृृत्य निर्देशन
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.