Websoft University

बेलका नगरपालिका क्षेत्रका चार दिन यता २ सय बढी संख्यामा खसी बाख्रा मर्दै,


श्याम राई-उदयपुर-गाईघाट,माघ ११ गते । रातो तारा डट कम,
पिपि आर रोगको कारण उदयपुरको बेलका नगरपालिका क्षेत्रका चार दिन यता २ सय बढी संख्यामा खसी बाख्राको मृत्यु भएको छ ।

बेलका नगरपालिका वडा न. ६,७,८ र ९ मा स्थानीय किषानले पालेको खसी बाख्रा माहामारी कै रुपमा फैलिएको उक्त रोगको कारणबाट मृत्यु भएको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।

२ सय भन्दा बढी खसी बाख्रा मरीसकेपछि किषानलाई झण्डै २० लाख रुपैया नोक्सानी भएको छ । बाख्रा पालनको पकेट क्षेत्रको रुपमा रहेको बेलका नगरमा विगत एक साता देखि उक्त रोग प्रकोपको रुपमा देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डाक्टर राम नारायण मण्डलले बताए ।

बाख्राहरुमा पातलो सिगान आउने, निरन्तर पखाला लाग्ने, ज्वरो आउने, खानेकुरा नखाने र फिज काडेर अन्तमा मर्ने गरेकोले पिपिआर रोगको लक्षण हुन सक्ने भएकोले शुक्रबार औषधी सहितको पशु चिकित्सक टोली पठाईएको मण्डलले बताए ।

उनले पाँच हजार आम्दानी, औषधी र चार जना चिकित्सक रोग प्राभावित क्षेत्रमा पुगेर रोगी खसी बाख्राको उपचार शुरु गरिएको बताए ।

उनले थप रोग फैलन नदिन पशु सेवा अन्वेषण निदेैशनालय विराटनगरबाट औषधी सहितको थप चिकित्सकको टोली मगाईएको बताए ।

यसैबीच बेलका नगरपालिकाले किषानहरुलाई सचेतना गर्दै केही समय जंगलमा बाख्रा चराउन नलान र गोठ मै राखेर उपचार गर्न माईकिङ्ग गर्दै सूचना प्रभाव गरिएको मेयर थापाले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.