Websoft University

माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्स्पो संचालन हुने


बिराटनगर माघ ६ गते । रातो तारा डट कम,“स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा हुने भएको छ ।

नेपाल जुत्तापप्पल म्यानुफ्याक्चरिङ्ग नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यही माघ ९ गतेदेखि ३० गतेसम्म विराट फूटवेयर एक्स्पो संचालन गर्न लागेको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन करिब २४ स्टलहरूमा  खिने जनाइएको छ ।

एक्स्पोमा महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटीमा १५ देखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिने मेला संयोजक होमनाथ उपाध्यायले बताए ।

आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको उनले जानकारी दिए।

छिमेकी राष्ट्रवाट चोरी पैठारी भै आउने जुत्ताचप्पललाई विक्री वितरण न्यून गर्न विराटनगरमा स्वदेशी उत्पादन वृद्धिका लागि एक्स्पो आयोजना गरिएको संयोजक उपाध्यायले बताए ।
नेपालमा वार्षिक १० करोड जोडी जुत्ताचप्पलको खपत रहेकोमा स्वदेशी उत्पादन ४ करोड ७५ लाख जोडी मात्र रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

वार्षिक ३२ अर्व वरावरको स्वदेशी जुत्ता चप्पल उत्पादन हुने गरेको छ तथा करिक १६ अर्व उद्योगमा लगानी रहेको जनाईएको छ । तयारी जुत्ताचप्पलमा न्यून मूल्याङ्गक नियन्त्रण गरी स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा छुटको व्यवस्था हुनै पर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

गत वर्ष भएका एक्सोमा करिब २ करोडको कारोवार हुनुका साथै २ लाख सर्वसाधारणले अवलोकन गरेको आयोजकको दाबी छ । यस वर्ष करिब ३ करोडको कारोवार र ३ लाख सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.