Websoft University

सिन्धुपाल्चोक जिल्लास्तरीय फुटबल प्रतियोगिता आज सुरु हुदै


काठमाण्डौं,पुस २१ गते । रातो तारा डट कम,बलेफी गाउँपालिकाको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा  जिल्ला स्तरीय फुटबल प्रतियोगिता आज सुरु हुदै छ । जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिका सो प्रतियोगितामा भाग लिने छन् ।

प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बू गाउँपालिकाका खेलाडीहरु सहभागि हुने बलेफी गाउँपालिका सामाजिक विकास समितिका संयोजक कार्केल लामाले बताउनुभयो ।

पुस २२ गतेबाट माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा हुने जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी गराएकाछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.