झापा, माघ १२ गते । रातो तारा डट कम,झापाको झापा गाउँपालिका-२ सिमलबाडीबाट प्रहरीले शनिवार बिहान अवैध सामान सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा मे २ प ६९७९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २ टिन खाने तेल र २ बोरा सुर्ती सहित सोही गाउँपालिका-१ लसुना बस्ने वर्ष ४२ को अमृत गणेशलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गणेश र बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ ।
Post a Comment