Websoft University

बिकास निर्माण सम्वन्धि व्यावस्थापन समितिको बैठकले बिभिन्न निर्णयहरु गर्यो

बिराटनगर,पुस २६ गते । रातो तारा डट कम, मोरङ क्षेत्र नम्वर १ बाट निर्वाचित प्रदेश सांसद माननीय कुल प्रसाद साम्वा ज्यु को अध्यक्षतामा, निर्वाचन पुर्वाधार बिकास कार्यक्रम सन्चालन नियामावली २०७५को नियाम ३ बंमोजिम  गठित कार्यक्रम छनोट संन्चालन तथा व्यावस्थापन समितिको बैठक बिराटनगरमा आज बस्यो ।

स्थानिय प्रतिनिधिहरुबाट छलफल भई पेस भएका क्षेत्र पुर्वाधार बिकास अन्तरगतका बिभिन्न बिकासका योजनाहरु सन्चालनमा ल्याउने गरि निर्णयहरु भएकाछन ।

प्राप्त जानकारी अनुसार मिक्लाजुङ्घ  ८ मालवारी संगम चोक सडक कालो पत्रे रु ३५ लाख र वडा नम्वर ३ को लाहुरे खोल्सीमा कल्वर्ट निर्माण रु १० लाख, वडा नम्वर ६ को साफेवा खोलामा कल्भर्ट निर्माण रु ८ लाख,वन कार्यलय हुदै असारे चोक जाने बाटो ग्रवेल रु ११ लाख,बहुमुखि आधारभुत बिधालय पुर्व जाने बाटो निर्माण रु १० लाख निसेलुङ्घ डाडामा भ्यु टावर निर्माण गर्न रु ११ लाख खर्च हुने गरि निर्णय भएकोछ ।

त्यसैगरी उल्लावारी ८ जि वी मार्ग निर्मााण को लागि रु २५ लाख वडा नम्वर १ चिसापानी फाकफुके सडक रु १५ लाख वडा नम्वर ३ को रामनगर चोक उतर सडक निर्माण रु १० दाख वडा नम्वर ७ र ४ मा पर्ने भद्रमारी मार्ग नाला निर्माण रु १३ लाख,६ नम्वर कै शिधेश्वसर बाबा धाम भवन निर्मााण १० लाख यायोखा सामुखायिक भवन निर्माण रु १० लाख र बिधुत बिस्तारका लागि रु १० लाख जेष्ठ नागरिक भवन निर्माण कालागि रु ५ लाख दुर्गा मा बि लाइ प्राबि शिक्षाका लाग रु ५ लाख स्कुल डाडा र शिवालय मन्दिर जोड्ने सडकलाई रु १० लाख खर्च गर्ने गरि निर्णयहरु भएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.