Websoft University

खर्च अभाबले मुटु रोगी एक वर्षिया बालकको उपचारमा समस्या भयो


श्याम राई उदयपुर-गाईघाट, पौष १८ गते । खर्च अभाबले मुटु रोगी एक वर्षियाको उपचारमा समस्या भएको छ । उदयपुरको बेलका नगरपालिका ७ बस्ने मेसन राईकी एक वर्षिया छोरी अपेक्षाको अहिले काठमाडौंस्थीत गंगाल हृदय रोग निवारण केन्द्रमा उपचार भैरहे पनि खर्चको जोहो गर्न परिवारका सबै सदस्य चंदा संकलनको लागि जिल्ला फर्किएकाछन् ।

चिकित्सकले छोरीको मुटुको भल्ब बन्द भएकोले खुलाउन अपरेशन गर्नु पर्ने भएको र त्यसको लागि पैसा चाहिने बताएपछि बालिकाको परिवार समस्यामा परेका हुन् । कमजोर आर्थिक अवस्थाको कारण आफूसँग अपरेशन गर्ने पैसा नभएकोले सहयोगी दाताको खोजीमा रहेको मेसनले बताए ।‘ डाक्टरले अपरेशनको लागि धेरै रकम लाग्छ भनेको छ । त्यत्रो पैसा कहाबाट जुटाउनु ?’ उनले भने,‘ कसैले रकम सहयोग गरिदिए छोरीको उपचार गर्थे ।’ राईले भने ।

अहिले छोरीको उपचारको लागि पैसा जोहो गर्न गाउँघर आएर चंदा संकलन अभियान थालेको उनले भने ।‘ डाक्टरले भने जति रकम जुटछ की जुटदैन । चिन्ता लागि रहेको छ ।’ उनले भने ।
बालिकाको उपचारको लागि बेलका नगरपालिकाका मेयरले स्थानीय बासिन्दाहरुसँग सहयोगको लागि आग्रह गरेकाछन् । मेयर दुर्गा थापाले आफनै मोवाईल नम्बर दिएर जे जति हुन्छ बालिकाको उपचारमा सहयोग गर्न आग्रह गरेकाछन् ।
‘ म पनि सक्दो सहयोग गर्छु । स्थानीय बासिन्दालाई पनि सहयोगको लागि आग्रह गर्छु ।’ उनले भने ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.