Websoft University

देऊरी टोलका गाउँलेले सरस्वती खोलाबाट गिटी बालुवा निकाल्न रोक लगाए


श्याम राई-गाईघाट,पौष २० गते । रातो तारा डट कम,गाउँ बचाऊ अभियान संचालन गर्दै आएका त्रियुगा नगरपालिका वडा न. ८ र ९ उत्तरीभरी देऊरी टोलका गाउँलेले सरस्वती खोलाबाट गिटी बालुवा निकाल्न रोक लगाएकाछन् ।

सडक निर्माणमा संलग्न जेड आइईसी लामा एण्ड शर्मा जेभी ठेकेदार कम्पनीले अबैध रुपमा उक्त नदी उत्खननगरि नदीजन्य पदार्थ निकाल्न थालेपछि पूरै गाउँ जोखिममा पर्न लागेको भन्दै उनीहरुले विहीबार काममा अवरोध पु¥याएकाछन् ।

धरान–चतरा–रामपुर–गाईघाट–हेटौडा सडक खण्ड निर्माणमा संलग्न उक्त कम्पनीले गत वर्षदेखि नै उक्त नदी जन्य अवैध रुपमा उत्खनन गर्दै आएको थियो । गाउँलेहरुले गत वर्ष पनि उक्त कार्यको विरोध गरेपछि उत्खनन कार्य रोकिएको थियो । नदी उत्खननले वर्षायाममा पूरै नदी दक्षिणतर्फ सोझिएर पूरै गाउँमा पस्ने खतरा भएपछि उत्खनन कार्यको चर्को विरोध हुँदै आएको थियो । ‘ हामीले गत वर्ष पनि गाउँ बचाऊ अभियान नै संचालन गरेर नदीमा उत्खनन कार्य रोकेका थियौ ।’

स्थानीय गाउँले अभिबक्ता विष्णुदेव चौधरीले बताए । ‘ ठेकेदारले फेरी पनि नदी उत्खनन गर्न थाले फेरी रोक्न बाध्य भयौ ।’ उनले भने । ठेकेदार कम्पनीले जथाभावी रुपमा नदी उत्खनन गर्दा खोला गहिरीएर गत वर्ष पनि बाढी गाउँ पसेर क्षति पु¥याएको स्थानीय महिला रामवती चौधरीले बताईन् ।
‘नदीले ठूलै विनास गर्दै आकाएको छ ।

 वर्षादमा कति बेला बाढी गाउँ पस्ने र मानवीय क्षति गर्ने होला भन्दै रातभरी जाग्रम बसेर चिन्तित हुनु परेको छ ।’ उनले भनिन् ।‘ खोला उत्खनन गरे वापत राज्यले कर असुल्छ तर खोला नियन्त्रणको कुनै पहल कदमी गर्दैन ’ उनले भनिन् ।
‘ हामीले विगत वर्षमा पनि नदी नियन्त्रणको लागि सम्बन्धित निकायमा बारम्बार पहल गर्दा पनि आफनो मागमा कुनै सुनुवाई हुन सकेन ।’ चौधरीले भनीन् ।

ठेकेदार कम्पनीले तोकेको स्थानमा चार फिट सम्म उत्खनन गर्ने अनुमती पाएको भए पनि खोलामा जथाभावी रुपमा पाँच देखि छ सात मिटर सम्म खन्ने गरेको छ । निर्माण कम्पनीका सव–ईन्जिनियर संजय साहले खोला उत्खनन् गरे वापत त्रियुगा नगरपालिकालाई २६ लाख ४८ हजार ९ सय रुपैया कर बुझाएको बताए । उनले बाटो निर्माणमा त्रियुगा बरुवा र शाही खोलाबाट गिटी, बालुवा निकाल्न नगरपालिकाबाट अनुमती पाएको बताए ।



















                                                                                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.