Websoft University

वाइडबडी खरिदमा करिब ४ अर्ब अनियमितता भएको समितिको निष्कर्ष


काठमाडौं/रातो तारा डट कम,वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित संसदीय उपसमितिले करिब ४ अर्ब सेरोफेरोमा अनियमितता भएको निष्कर्ष निकाल्दै संलग्न पदाधिकारीलाई कारबाही सिफारिस गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा
छापेको छ ।

समाचारमा लेखिएको छ,वाइडबडी खरिदका कागजात अध्ययनका साथै सरोकारवालासँगको छलफलपछि उपसमितिले प्रतिवेदन तयार पारेको हो ।

अनियमितताको हिसाब करिब ४ अर्ब सेरोफेरोमा निस्केला जस्तो छ,’सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका संयोजक सांसद राजन केसीले सोमबार कान्तिपुरसँग भने,‘सार्वजनिक खरिद ऐनको पालना भएको देखिएन,मनोमानी निर्णय गरेर जहाज खरिद गरेका कारण राज्यलाई ठूलो नोक्सानी भएको छ ।

खरिदका क्रममा अपनाइएको प्रक्रिया र जहाजको स्पेसिफिकेसन’बारे अध्ययन गरेको उपसमितिले शीर्षकअनुसार अनियमितताकोहिसाब निकालेकोहो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.