काठमाण्डौं,माघ ९ गते । रातो तारा डट कम,कर्णालीकोे जुम्ला सहित अन्य जिल्लाहरुमा भारी हिमपात भएको छ । हिमपातका कारण बिहानै देखि जनजीवन कष्टकर बनेको छ । झण्डै एक हप्तासम्म बादल देखिए पनी गए रातीबाट हिमपात हुन थालेको थियो ।
फाटफुट बर्षा हुँदै आएकोमा जुम्लामा हिमपात पनि सुरु भएको हो । हिमपातका कारण सदरमुकाम खलंगा लगायतका स–साना बजार बन्द भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम हुन थालेको छ ।
तर किसानका पहिला हिमपात भए पनी दोस्रो चोटीको हिमपात किसानहरु लागि भने यो हिउँ बाच्ने आधार सरह हुने भएको छ । पातारासी गाउँपालीका ६ का अधिराज विष्टले यो चोटीको हिउँ किसानका लागि अमृत हुने बताउनु भयो ।
Post a Comment