काठमाण्डौं,माघ ११ गते । रातो तारा डट कम,कर्णाली प्रदेशलाई पर्यटकको आर्कषक केन्द्र बनाउन बृहत कर्णाली एक्स्पो आयोजना गरिने भएको छ । कर्णालीको मुहार फेर्न र यहाँको अवसरका बारेमा जानकारी दिन बृहत कर्णाली एक्स्पो सञ्चालन गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र समृद्ध कर्णाली अभियानको आयोजना, तथा अन्य बिभिन्न निकायको सह–आयोजनामा आउदो फागुन ३ देखी ५ गते सम्म काठमाण्डौँको भृकुटीमण्डपमा कर्णाली एक्स्पो सञ्चालन गर्न लागिएको हो ।
एक्स्पोमा एक करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ भने प्रत्यक्ष र अप्रत्यक्षरुपमा ४ लाखले अध्ययन अवलोकन गर्ने लक्ष्य रहेको छ । एक्स्पोमा कर्णालीका १० वटै जिल्लाको सहभागिता रहनेछ ।
कर्णालीमा थुप्रै अवसर हुदाँहुदैँ पनि भौगोलीक विकटता, गरिबी, पिछडिएको क्षेत्रको रुपमा मात्रै चिनिएकाले कर्णालीमा भएको सम्भावनाका बारेमा प्रचारप्रसार गर्न बृहत कर्णाली एक्स्पो सञ्चालन गर्न लागिएको समृद्ध कर्णाली अभियानका संयोजक ओपेन्द्र शाहीले बताउनुभयो ।
Post a Comment