Websoft University

५० परिवारलाई न्यानो सिरक वितरण

बिराटनगर,पुस २७ गते । रातो तारा डट कम,तेह्रथुमको छथर गाउपालिकाका आर्थिकरूपमा विपन्न तथा असहाय परिवारलाई न्यानो सिरक वितरण गरिएको छ । छथर गाउँपालिका–४, फाक्चामाराको हाक्पारा घर भई हाल हङकङमा कार्यरत शिव ईमेहाङले सिरक वितरण गर्नुभएको हो ।

गाउँपालिकाको साबिक फाक्चामारा गाबिसको वडा नम्बर १, २, ३, ४ र ५ को हाक्पारा, डाँडागाउँ, उन्जुङ, छघरे, वालङबा, साउने, भुजेल गाउँ, खङदाङ, सल्लेरी, कुचुङ, बतासे, आहाले, सिङ्जेक्वा लगायतका विपन्न ५० परिवारलाई समाजसेवी ईमेहाङले सहयोग गर्नुभएको हो ।

छिपिँदो जाडोसँगै चिसोमा रात कटाउँदै आएका आर्थिक रुपमा विपन्न परिवारका सदस्यलाई ईमेहाङका बुबा मिन्द्रबहादुर ईमेहाङले सिरक वितरण गर्नुभएको हो । १ लाख २५ हजार बराबरको सिरक प्रती परिवार एक थानका दरले वितरण गरिएको स्थानीय मनु लिम्बुले बताउनुभयो ।



आर्थिक रुपमा विपन्न रहेका परिवारको समस्यालाई मध्यनजर गर्दै थोरै भएपनी राहतको रुपमा लिन पाएकोमा खुसी भएको चिजमाया लिम्बुले बताउनुभयो । समाजको पिडालाई आफ्नै पिडाको रुपमा लिएर प्रवासमा रहेर पनी गाउँका पिडीतको मलम बनेका ईमेहाङलाई स्थानीयले आभार प्रकट गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.