काठमाण्र्डौ, माघ ७ गते । रातो तारा डट कम,रोल्पाको माडि गाउँपालिकामा ६ गते संचालन भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ५० जना महिलाले पाठेघरको परीक्षण गराएका छन् ।
गाउँपालिककोे आर्थिक सहयोग तथा घर्तिगाउँ स्वास्थ्य चौकी रोल्पाको आयोजनामा संचालित एक दिने शिविरमा महिलाहरुले पाठेघर परीक्षण गरेका हुन् । पाठेघर परीक्षण गरेका महिलाहरु मध्ये अधिकास महिलाको पाठेघर खस्ने समस्या रहेको डाक्टर शुशिला आचार्यले जानकारी दिनुभयो ।
दुई जना महिलाको भने पाठेघरको मुखमा क्यान्सर भएकाले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निःशुल्क अप्रेशन गरिने व्यवस्था मिलाईएको डाक्टर आचार्यको भनाई छ । ग्रामिण भेगमा पाठेघरको समस्या समयमा नै पहिचान नहुँदा महिलाहरु समस्यामा छन् ।
Post a Comment