Websoft University

ए डिभिजनमा संकटा क्लब पराजित


काठमाण्डौं,पुस २४ गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब आफ्नो अन्तिम लिग खेलमा पराजित भएको छ । २३ गते भएको खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग २, १ गोल अन्तरले पराजित भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गर्नुभयो भने संकटाका लक्ष्मण रुचालले एक गोल फर्काउनुभयो ।खेलमा एपीएफका विश्वास उदास म्यान अफ दि म्याच चुनिनुभयो  । हारसंगै संकटाले सेलिब्रेसन खेलमा ३ अंक गुमाएको छ ।

तर, उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ शीर्ष पाँचमा अटाएको छ । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहेर लिग सकाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.