Websoft University

निशुल्क भिसा र टिकट लागु गराउन सरकारलाई सर्बोच्चको आदेश


काठमाण्डौं,पुस १९ गते । रातो तारा डट कम,सर्बोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न आदेश दिएको छ ।

यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू गराउन भनेर अदालतले सरकारलाई आदेश दिएको हो । सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले २०७४ को भदौ ११ गते सर्वोच्च अदालतमा निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्यवन गराउन माग गर्दै रिट निवेदन दायर गरेकोे थियो ।

श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नु पर्ने व्यवस्था गर्नु पर्ने निर्णय गरेको थियो । तर, निर्णय प्रभावकारी कार्यान्वयन नभएपछि मञ्चले अदालतको ढोका ढक्ढकाएको थियो ।

२०७४ भदौ २४ मा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले विपक्षी नेपाल सरकार लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । रिट निवेदनमा कामदारको पक्षबाट अधिवक्ता हरि फुयाल, बरुण घिमिरे, अनुराग देवकोटा र रमेश बडालले बहस गरेका थिए ।

श्र

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.