काठमाण्डौं,माघ ९ गते । रातो तारा डट कम,युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फामा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ ।
खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको विषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित हिजो गठन गर्नुभएको हो । समितिमा मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहनु भएको छ ।
समितिलाई १० दिन भित्र छानविन गरि प्रतिवेदन बुझाउन निर्देशन दिईएको खेलकुदमन्त्रीको नीजि सचिवालयले जनाएको छ । एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको बिषय सार्वजनीक रुपमा उठेपछि युवा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको हो ।
Post a Comment