सुनसरीको इटहरीस्थित हटियालाईनमा स्थापित स्टिङ्ग रेकर्डिङ्ग स्टुडियोको औपचारिक उद्घाटन गरिएको छ। मोफसलमा सकृय लोकगायक बालकृष्ण कार्कीले रिवन काटेर स्टुडियोको उद्घाटन गर्नुभएको हो।
उद्घाटन पछि लोकगायक कार्कीले स्टुडियोमा पसेर गित पनि गाउनुभएको छ। उद्घाटन कार्यक्रममा संगित साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी, पत्रकार सुविद गरागाँई, नायक तथा मोडल माधव केसी, मोफसलका गितकार नरेश खड्कालगायत उपस्थित थिए।
कार्यक्रममा उपस्थितहरुले स्टुडियोका सञ्चालक प्रकाश अधिकारीलाई शुभकामना प्रदान गरेका थिए। कार्यक्रममा संगित साधना प्रतिष्ठानका महासचिव केसी, एवं पत्रकार महासंघ सुनसरीका सचिव हिमाल दाहालले पुराना बाद्ययन्त्रहरुलाई पनि जर्गेना गर्नुपर्ने बताउनुभयो।
Post a Comment