श्याम राई उदयपुर,गाईघाट,पौष २२ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिका वडा न. १२ का जेष्ठ नागरीक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई शनीबार ब्याङकेट उपलब्ध गराएको छ ।
नगरपालिकाका मेयर बलदेब चौधरीले उनीहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । उक्त वडाका झण्डै २ सय ५५ जना बृद्धबृद्धा, एक महिला र अपाङंता भएका व्यक्तिले ब्याङंकेट पाएकाछन् ।
बड्दो जाडोलाई मध्य नजर गर्दै १२ नम्बर वडाले उक्त सामाग्री वितरण गरेको हो । त्यसैगरि मेयर चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाको लागि एम्बुलेन्स सेवा प्रदान गर्न लागिएको जानकारी गराए । महिलालाई सुरक्षित प्रसुती गराउन स्वास्थ्य चौकी सम्म लाने व्यवस्था मिलाउन एम्बुलेन्स खर्च वापतको रकम नगरपालिकाले उपलब्ध गराउन लागेको बताए ।
जेष्ठ नागरीक प्रतिको समान स्वरुप उनीहरुको घरघर पुगेर स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाईएको उनले बताए । ‘ जेष्ठ नागरीकको लागि उपचार सेवाको सबै तयारी पूरा भैसकेको छ । माघ महिनाको पहिलो सातादेखि पूरै नगरमा अभियानको रुपमा शुरु गर्छौ ।’ उनले भने ।
वडा अध्यक्ष जय विक्रम राईले वडामा आयोजित उक्त कार्यक्रममा जेष्ठ नागरीकलाई सम्मान गर्ने परिपाटीको थालनी गरेको बताए ।‘ उनीहरु अनेक अनुभवका खानी हुन् । उनीहरुबाट नयाँ पुस्ताले धेरै कूरा सिक्नसक्छन्त्य।
सैले उनीहरुलाई सम्मान गर्दा राज्यबाट पाउने सेवा सुविधा सहज किसीमले दिन लागेका छौ ।’उनले भने।
Post a Comment