Websoft University

पत्रकार दुव्र्यवहार गर्नेले माफी मागे पथरीमा


बिराटनगर पुस २२ घते । रातो तारा डट कम,
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरीशनिश्चरेका पत्रकार भूपेन्द्र तिम्सिनामाथि गरेको दुव्र्यवहारप्रति माफी मागेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट, मकालु टीभी, सप्तकोशी एफएममा आवद्ध  तिम्सिनामाथि गरेको दुव्र्यवहारप्रति भट्टराईले सामुहिक रुपमा माफी मागेका हुन् । ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेकातर्फबाट सचिव शिवप्रसाद भट्टराईका साथै रमेश राई सहितका पदाधिकारी सहितको रोहवरमा भट्टराईले माफी मागेर आइन्दा त्यस्तो गल्ती नगर्ने वताए । संघर्ष समितिको तर्फबाट समेत पदाधिकारीहरुले सो घटनाप्रति माफी मागेका छन् ।

‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरीशनिश्चरेको तर्फबाट पुस १९ गते दिउँसो पथरीशनिश्चरे नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको अनर्गल आरोप लगाउँदै तथानाम गालिगलौच गरेका थिए ।
तिम्सिनाले सुरेन्द्र चापागाईं र रमेश राईसँग समितिको कागजात माग्दा ‘हाम्रो समाचार नलेख्ने मान्छेलाई किन दिनु’ भन्दै गाली गरेका थिए । भट्टराईले यसअघि अन्य ठाउँमा पनि मानमर्दनका कुरा गर्दै आएको तिम्सिनाले जनाए ।

पत्रकार तिम्सिनामाथि भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ मोरङ, सञ्चार क्लव नेपाल उर्लावारी र नेपाल पत्रकार मञ्च मोरङले अलग  अलग विज्ञप्ति जारी गरेको थियो ।

आफुलाई सामाजिक अगुवा वताउने निज भट्टराईले समितिका सदस्य तथा नगरपालिका जनप्रतिनिधिसामु सार्वजनिक रुपमा चरित्र हत्या गर्नु स्वतन्त्र र व्यवसायिक पत्रकारितामाथिको आक्रमण भएको पत्रकारजन्य संघ संगठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एकजना पत्रकारमाथि भएको दुव्र्यवहार समग्र पत्रकारमाथिकै दुव्र्यहार भएकोजनाइएकोछ।

विज्ञप्तिमा, कुनै पनि प्रसंग विनाको सन्दर्भमा कुरा जोड्दै गालीगलौच गर्नु निन्दनीय र आपत्तीजनक कार्य भएकोमा घोर भत्र्सना गर्दै भट्टराईमाथि कारवाहीको माग गरिएको थियो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.