शिव भट्टराई-सुनसरी माघ ८ गते । रातो तारा डट कम,सुनसरी जिल्लाको इटहरीमा खाना एवम् पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । होटल व्यवसायी संघ इटहरीको सक्रियतामा यही माघ २४ देखि फागुन ३ गतेसम्म महोत्सव हुन लागेको हो ।
स्थानीय, जातीय, परम्परागत र आधुनिक बजारका सबै परिकारलाई एकै चुलोबाट पस्किने उद्देश्यका साथ खाना महोत्सव आयोजना गरेको मंगलबार पत्रकार सम्मेलनमा गरी आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा ७० वटा स्टल रहने बताइएको छ । महोत्सवलाई उत्कृष्ठ बनाउन आयोजक होटल व्यवसायी संघ इटहरीले ‘क’ श्रेणीको इभेन्ट व्यवस्थापक गर्ने भएको छ । महोत्सवमा खाना पकाउनेहरु बिच प्रतिस्पर्धा समेत गराइने बताइएको छ । खाना परिकार बाहेक दैनिक सांस्कृतिक प्रस्तुति, इटहरी र प्रदेश १ का मुख्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार आदिसँगै थुप्रै नयाँ कुरा यो महोत्सवमा हुने छ ।
महोत्सवमा इटहरी र धरान आसपासका क्षेत्रको हेलिकप्टर समेत गराइने भएको छ । यो प्याकेज इटहरीमा पहिलोपटक हुन लागेको हो । यसअगाडि विराटनगर, विराटचोक र भेडेटारमा मात्रै यस्ता प्याकेज गरिएका थिए ।
महोत्सवमा कोशी टप्पुमा पाइने अर्ना र तीनजुरे, मिल्के जलजले क्षेत्रमा पाइने गुराँसको राजधानीको विम्ब बोक्ने लालीगुराँसका प्रतिमा महोत्सवमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Post a Comment